
काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
सोमबार बिहान बसेको केन्द्रीय समितिको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल भएको थियो ।
राष्ट्रपतिका लागि मत माग्दै आठ दलीय गठबन्ध र एमालेबाट पत्र प्राप्त भएको भन्दै अहिलै कसलाई मत दिने भन्ने निर्णय नभएको र पछि दलको बैठक बसेर निर्णय गर्ने निर्णय भएको रास्वपाका नेताहरुले बताएका छन् ।















प्रतिक्रिया