
काठमाडौं, १५ फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको हो । बैठकले सरकारमा बसिरहने वा छोड्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
पुरानो गठबन्धन तोडेर माओवादी केन्द्रले नयाँ आठ दलीय गठबन्धन बनाएपछि एमाले सरकारबाट बाहिरिने आँकलन गरिएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया