२ कार्तिक २०८३, सोमबार

पल शाह जेलबाट रिहा, स्वागत गर्न जेलमै पुगे सयौँ शुभचिन्तक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । अभिनेता पल शाह जेलमुक्त भएका छन् ।

नाबालिका बलात्कार आरोप लागेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएसँगै आज जेलमुक्त भएका हुन् ।

पल विगत एक वर्षदेखि तनहुँ कारागारमा रहँदै आएका थिए । पल अघिल्लो वर्ष आजकै दिन फागुन १५ गते पक्राउ परेका थिए । संयोगले उनी आजकै दिन रिहा भएका हुन् ।

पललाई स्वागत गर्न उनका सयौँ समर्थक तनहुँ कारागार बाहिर पुगेका थिए । उनका समर्थकहरुले शाहको पक्षमा नाराबाजीसमेत गरेका थिए ।