१ कार्तिक २०८३, आइतबार

पलले सफाइ पाएपछि पूजाको प्रतिक्रिया– सबै कुरा सुन्दर भएर आयो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । बाल यौन दुरूपयोगको आरोपमा कारागारमा रहेका अभिनेता पल शाहले सफाइ पाएपछि अभिनेत्री पूजा शर्मा खुशी भएकी छिन् ।

पूजाले पलमाथि आरोप लागेको बेला देखि नै पललाई साथ दिँदै आएकी थिइन् । आइतबार उच्च अदालत पोखराले पललाई सफाइ दिएपछि पूजाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् ।

उनले पानी परेर सबै फोहोर पखालिएको बताउँदै आफ्नो साथी पलले पनि सफाइ पाएको लेखेकी छन्।

‘आज पानी पर्यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान,’ उनले लेखेकी छिन् ।