
काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय विपति र अति आवश्यक कामबाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले सामाजिक देखासिखी र विलासिता अन्त्य गर्नुपर्ने बताउँदै ऋणमा हेलिकप्टर चार्टर नगर्न सबैलाई अनुरोध गरेका छन् ।
‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु । उनले भनेका छन्, ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद ।’












प्रतिक्रिया