
नयाँदिल्ली, १५ फागुन । आम आदमी पार्टीका नेता तथा नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् ।
आइतबार केन्द्रीय अन्वेषण ब्युरो सीबीआईको टोलीले उनलाई पक्राउ गरेको हो । अन्तःशुल्क घोटाला प्रकरणमा ८ घण्टा लामो सोधपुछपछि उनलाई सीबीआईले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मनिषलाई सोमबार दिउँसो अदालतमा पेश गरिने तयारी छ ।
मनिष पक्राउ परेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले उनी निर्दोष रहेको बताएका छन् । उनले मनिषको पक्राउ फोहोरी राजनीति रहेको बताएका छन् । उनले मनिष पक्राउ परेपछि जनतामा चर्को आक्रोश रहेको बताउँदै जनताले सबै कुरा बुझेका उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्ः
मनिष निर्दोष छन् । उनको गिरफ्तारी फोहोरी राजनीति हो । मनिष पक्राउ परेपछि जनतामा चर्को आक्रोश छ । सबैले हेरिरहेका छन् । जनताले सबै कुरा बुझेका छन् । जनताले यसको जवाफ दिनेछन् । यसले हाम्रो मनोबललाई अझ बढाउँछ । हाम्रो संघर्ष अझ सशक्त हुनेछ ।
मनीष बेक़सूर हैं। उनकी गिरफ़्तारी गंदी राजनीति है। मनीष की गिरफ़्तारी से लोगों में बहुत रोष है। लोग सब देख रहे हैं। लोगों को सब समझ आ रहा है। लोग इसका जवाब देंगे।
इस से हमारे हौसले और बढ़ेंगे। हमारा संघर्ष और मज़बूत होगा।
— Arvind Kejriwal (@ArvindKejriwal) February 26, 2023















प्रतिक्रिया