१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले किन रोके परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण अकारण रोकिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार साँझ परराष्ट्रमन्त्री विमला राई पौडेलको नेतृत्वमा पाँच सदस्यीय टोली जेनेभा जाने तयारी भए पनि प्रधानमन्त्रीको निर्देशनमा अकस्मात भ्रमण रोकिएको हो ।

भ्रमणका लागि मन्त्री पौडेल दिउँसो ३ बजेपछि त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेपछि परराष्ट्रमन्त्री रोकिएकी हुन् । उनीबाहेक मन्त्रालयका अन्य अधिकारी भने त्यसतर्फ गएको मन्त्री पौडेलकी प्रेस संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।

परराष्ट्रमन्त्रीको भनाई उद्धत गर्दै उनले अधिकारीले भनिन् ‘प्रधानमन्त्रीज्यूले अहिलेलाई मन्त्री नजानु अरुमात्र जानु भन्ने खबर पठाउनुभएपछि भ्रमण रद्द भएको हो । यसबारे अरु कारण खुलाइएको छैन ।’

यसअघि आजै बिहान मात्रै उनले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन् ।

राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर सत्ता समीकरण परिवर्तन भएसंगै एमालेबाट मन्त्री बनेकी पौडेलको भ्रमण रोकिएको हो ।