
काठमाडौं, १४ फागुन । अभिनेता पल शाहले सफाइ पाएका छन् ।
उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।
पल बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका थिए । जिल्ला अदालत नवलपुरले शाहलाई नाबालिका बलात्कार आरोपमा सफाई दिँदै बाल यौन दुरुपयोगको आरोपमा भने साढे दुई वर्षको जेल सजाय सुनाएको थियो ।
शाहले नवलपुर जिल्ला अदालतको आदेशविरुद्व उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । पललाई तनहुँ जिल्ला अदालतले भने यसअघि नै सफाइ दिइसकेको छ ।
पल भोलि रिहा हुनेछन् ।















प्रतिक्रिया