२ कार्तिक २०८३, सोमबार

तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमण जाँदै प्रचण्ड, शुक्रबार कतार जाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार कतार जाने तय भएको हो । अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न व्यक्तिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।