२ कार्तिक २०८३, सोमबार

वनभोज गएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी मृत भेटिए, घटना शंकास्पद

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक मृत फेला परेका छन् ।

दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका हुन।

उनको मृत्यु शंकास्पद रहेको बताइएको छ । शनिबार जाडाबगरमा वनभोज गएका उनी शंकास्पद अवस्थामा मृत फेला परेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।