
काठमाडौं, १४ फागुन । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा चार सय रूपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया