३० आश्विन २०८३, शुक्रबार

रङ पत्रकार गिरीलाई रापती समाजको जस्तापाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kuber-Giriकाठमाडौं । रापती समाज काठमाडौंले वैशाख १२ गतेको महाभूकम्पमा परी घरबार गुमाउन पुगेका फिल्म पत्रकार कुवेर गिरीलाई मंगलबार दुई बन्डल जस्तापाता सहयोग गरेको छ ।

दाङ–काठमाडौं पत्रकार समाजको आग्रहमा रापती समाजले पत्रकार गिरीलाई जस्तापाता सहयोग गरेको हो ।

समाजकी कोषाध्यक्ष सीमा पुरीले समाजको सानो सहयोगले पत्रकार गिरीलाई केही राहत मिल्ने अपेक्षा आफूहरूले लिएको बताइन् ।

समाजका तर्फबाट उपाध्यक्ष सुवास केसी, कोषाध्यक्ष पुरी, पूर्णबहादुर बस्नेत र मीना बस्नेतसहितको टोलीले पत्रकार गिरीलाई काठमाडौंको कलंकीमा जस्तापाता हस्तान्तरण गरेको हो ।

दाङ स्थायी घर भइ बेलायतमा कार्यएरत मानबहादुर थापाले उपलब्ध गराएको सहयोगमार्फत समाजले गिरीलाई जस्तापाता उपलब्ध गराएको हो ।

वैशाख १२ गतेको भूकम्पले रङ पत्रकार गिरीको काठमाडौंको रामकोटस्थित निवास पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।

‘घर भत्केर बस्न समस्या भएको थियो,’ पत्रकार गिरीले भने, ‘रापती समाजको सहयोगले केही राहत महसुस भएको छ । आउँदै गरेको वर्षाबाट परिवार जोगाउन केही भए पनि सहज हुनेछ ।’

उपाध्यक्ष केसीले पनि भूकम्पबाट अति प्रभावितहरूलाई समाजका तर्फबाट सक्दो सहयोग गर्दै आएको बताए ।

‘यसअघि गोरखा र काभ्रेमा पनि भूकम्पपीडितहरूलाई सहयोग गरेका छौँ,’ केसीले भने, ‘वास्तविक पीडितहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ ।’

समाजले अति प्रभावित जिल्लाका भूकम्पपीडितहरूलाई अझै सहयोग गर्ने योजना बनाएको छ ।

प्रभावित जिल्लाबाट सहयोगका लागि आग्रह आए भौतिक राहत सामग्री वितरण गर्ने योजना रहेको समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले बताए ।

‘अति प्रभावित जिल्लाका दुर्गम गाउँका पीडितहरूलाई सहयोग गर्ने तयारीमा छौँ,’ उनले भने, ‘वास्तविक पीडितले राहतको आग्रह गरे तत्काल सहयोग गर्ने निर्णय समाजले गरेको छ ।’