
काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका छन् ।
अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै पत्र पठाएका हुन् ।
एकीकृत समाजवादीसहितको सहमतिमा आठ दलले नेपाली काँग्रेसलाई उम्मेदवार बनाइसकेका छन् ।
आज ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले कांग्रेसबाहेक सबै दललाई भोट माग्न पत्र लेख्ने निर्णय गरेको थियो ।
















प्रतिक्रिया