
काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालका शीर्ष नेताहरुमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जालमा सक्रिय रहने नेता हुन् ।
ओली सामाजिक सञ्जालका विभिन्न माध्यमहरुबाट पनि सर्वसाधारणसँग नजिक छन् । यसैबीच ओलीले आफ्नै युट्युब च्यानल चलाउन थालेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबारबाट ‘केपी बा’ नामको युट्युब च्यानल सुरु गरेका हुन् ।
उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षक पहिलो भिडियो अपलोड गरिएको छ । २५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन् ।
ओलीको जीवनमा घटेका यी तीन घटना जसबाट आफू मृत्युको मुखमा पुगेर फर्किएको ओलीले बताएका छन् ।















प्रतिक्रिया