
काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक सहमति बिना सकिएको छ ।
राष्ट्रपतिका विषयमा छलफल गर्न बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।
राष्ट्रपतिमा काँग्रेसले दाबी छोडेको छैन । छलफलमा काँग्रेसले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति काँग्रेसले लिने प्रस्ताव बैठकमा गरेको छ ।
आ -आफ्नो पार्टीमा छलफल गर्ने र साँझ ५ बजे पुन बैठक बसेर निष्कर्षमा पुग्ने निर्णय भएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।















प्रतिक्रिया