
काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का नेता पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् ।
एमाले काठमाडौं जिल्ला सदस्य रहेका नेता चौलागाई साँखुस्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । पुर्ख्यौली थलो सिन्धुपाल्चोक भएका चौलागाई काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका थिए ।
उनी २०७४ सालको स्थानीय चुनावमा गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार रहेका थिए ।
उनको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया