
काठमाडौं, १२ फागुन । भारतीय अभिनेता अक्षय कुमारले विश्व रेकर्ड कायम गरेका छन् ।
तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर अक्षयले गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड तोडेका हुन्।
अक्षयले तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै विश्व कीर्तिमान राखेका हुन्। धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् ।
यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । यसका साथै उनले प्रशंसकहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।
अक्षयको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी’ आजबाट प्रदर्शनमा आएको छ ।















प्रतिक्रिया