
काठमाडौं, १२ फागुन । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एकसयले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया