
काठमाडौं, ११ फागुन । सिंहदरबारमा बसेको तीन दलको बैठक ठोस निर्णय बिना नै सकिएको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीचको बैठकले ठोक निष्कर्ष निकाल्न नसकेको हो । बैठक पुन भोलि बस्ने सहमति भएको छ ।
भोलिको बैठकमा काँग्रेसलाई पनि सहभागी गराएर चार दलको बैठक बस्ने निर्णय भएको नेताहरुले बताएका छन् ।
वर्तमान सत्ता गठबन्धनमा आगामी राष्ट्रपतिमा विवाद देखिएपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुरानै गठबन्धन ब्युँताउने कसरतमा लागेका छन् ।
भोलि काँग्रेससहितको बैठक बसेर ठोस निर्णय गरिने नेताहरुले बताएका छन् ।















प्रतिक्रिया