
काठमाडौं, ११ फागुन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
एमालेले शनिवारका लागि बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति चुनाव लगायत समसामयिक राजनीतिक अवस्थाकाबारेमा छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनभित्र राष्ट्रपतिको विषयमा विवाद जारी रहेका बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्र एमालेलाई राष्ट्रपति नदिने पक्षमा छ ।















प्रतिक्रिया