
काठमाडौं, ११ फागुन । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्व सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
बिहीबार सर्वोच्च पुगेर सन्दीपले निवेदन दिएका हुन् । बलात्कार आरोप लागेका लामिछाने २० लाख धरौटीमा रिहा भएका थिए ।
उच्च अदालतले उनलाई देश छोडेर बाहिर जान नपाउने लगायतका आदेश दिँदै धरौटीमा रिहा गरेको थियो ।
सन्दीपले खेल्नका लागि बाहिर जान पाउनुपर्ने लगायतका माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । निवेदनको पेशी शुक्रबारका लागि तोकिएको छ ।















प्रतिक्रिया