१ कार्तिक २०८३, शनिबार

म्याग्दीमा १० वर्षीया बालिका बलात्कृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ११ फागुन । म्याग्दीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिका बलात्कार अभियोगमा मंगला गाउँपालिका–३ बरञ्जाका २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ती बालिकालाई थापाले गत भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा लगेर बलात्कार गरेका थिए ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।