
काठमाडौं, ११ फागुन । काठमाडौंमा भएको नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारी रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेका आदिल, मेहबुब आलम र नितेश गुप्तालाई तीन/तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै आदिल धरौटी बुझाएर आज रिहा भएका हुन् ।
लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो। दुई जना अझै फरार रहेका छन् ।















प्रतिक्रिया