
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । प्रचण्ड र नेपालबीच पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषयमा छलफल भएको बताइएको छ ।
यसअघि बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा पनि पुरानै गठबन्धन ब्युँताउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।















प्रतिक्रिया