
काठमाडौं, १० फागुन । सिटिजन्स् बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्गस्थित ओरिएन्ट क्याफेबीच सम्झौतमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई क्याफेमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्ड होल्डरले ओरिएन्ट क्याफेमा १५५ सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।















प्रतिक्रिया