
काठमाडौं, १० फागुन । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ ।
धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियार ले संगीत संयोजन गरेका हुन। गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ।
गीतको भिडियोमा दि मन्डला डान्स स्टुडियोका कलाकारहरु सुरज श्रेष्ठ , सुस्मिता के सि , सुशान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ ।
रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको म्युजिक भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन्। गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन ।
यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका दाहालले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेक हुन् ।















प्रतिक्रिया