
काठमाडौं, १० फागुन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ संसद बैठकमा पेश भएको छ ।
बुधबार बसेको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
समितिलाई १५ दिनको समयवधि तोकिएको थियो । समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो ।
समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो । प्रतिनिधिसभा बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।















प्रतिक्रिया