
काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नाम सार्वजनिक गरेको हो । आयोगले मतदाता ३ सय ३१ प्रतिनिधि सभा र ५५० प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको हो ।
मतदाता नामावलीमा फरार सांसद लक्ष्मी महतो कोइरीको पनि नाम समावेश छ । हत्या आरोपमा फरार रहँदै आएका कोइरीको नाम पनि मतदाता नामावली सूचीमा अटेको हो ।
यस्तै, आयोगले तीन साता जेल बसेर आइतवार छुटेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा राखेको छैन।
चौधरी आइतवार कारागार कार्यालय कैलालीबाट रिहा भएका थिए। उनलाई फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी सजाय मिनाहा गरिदिएकी थिइन्।















प्रतिक्रिया