२ कार्तिक २०८३, सोमबार

बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । बाजुरालाई केन्द्रबिन्दु बनाएर बुधबार भूकम्प गएको छ ।

दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो ।

यस्तै, माघ १२ गते पनि बाजुरालाई केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।