२ कार्तिक २०८३, सोमबार

सन्दीपलाई दुबई लैजान दिन माग गर्दै क्यानले राखेपलाई पठायो पत्र

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । देश छोडेर बाहिर जान प्रतिबन्ध लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दुबईमा आयोजना हुने प्रतियोगितामा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान) ले पहल थालेको छ ।

बलात्कार आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालतले देश छोडेर जान प्रतिबन्ध लगाएको छ । लामिछानेलाई नेपाली टीमको यूएई भ्रमणमा समावेश गर्न क्यानले पहल थालेको हो ।

नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानले प्रक्रिया अघि बढाएको हो । क्यानले सन्दीपलाई युएई लैजान दिन माग गर्दै राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाएको छ ।

सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न पत्रमा राखेपलाई अनुरोध गरिएको छ । नेपाली टीम फागुन १३ गते यूएई भ्रमण जाँदैछ ।