
काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।
प्रचण्डसँग भेटवार्ताका लागि अध्यक्ष ओली बालुवाटार पुगेका थिए । शीर्ष दुई नेताबीच राष्ट्रपति निर्वाचनकै विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ ।
विशेषत प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति नदिने पक्षमा देखिएका छन् भने एमालेले पूर्व सहमति अनुरुप राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ ।















प्रतिक्रिया