
काठमाडौं, १० फागुन । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले हिमाल अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।
अस्पतालको हेल चेक्र्याईका कारण गायक तथा संगीतकार गौरभ दर्पणकी छोरी प्रशंसा गौतमको ज्यान गएको भन्दै उनका आफन्त तथा सर्मथकले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले अस्पातल प्रशासन र बिरामीको उपचारमा संलग्न डाक्टरको विरोधमा चर्का नारा लगाएका छन् । उपचारमा संलग्न डाक्टर जयदेव यादवले विरामीको मृत्युको कारणबारे जानकारी दिनुपर्ने र अस्पताल प्रशासनले यस विषयमा पष्टीकरण दिनुपर्ने उनीहरुको माग छ ।
आन्दोलनका कारण अहिले अस्पतालमा सेवा अवरुद्ध भएको छ । सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । माघ २३ गते हिमाल अस्पताल भर्ना गरिएकी बालिकाको २६ गते अर्को हस्पिटल सार्ने क्रममा बाटोमा मृत्यु भएको थियो ।
मृत्यु भएको १५ दिन सम्म पनि अस्पतालले मृत्युको कारण बताउन नसकेकोले न्यायका लागि आन्दोलन सुरु गरिएको उनीहरुको भनाई छ ।















प्रतिक्रिया