२ कार्तिक २०८३, सोमबार

युवाहरूलाई पार्टीप्रति जागरण ल्याउन ‘मिसन ग्रासरुट’ अभियान चलाइएको हो: भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले युवाहरुलाई पार्टीप्रति जागरुक बनाउन मिसन ग्रासरुट अभियान चलाइएको बताएका छन् ।

प्रेस चौतारी पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले पुराना नेताहरुले पार्टी छोडेका अवस्थामा युवाहरुलाई प्रार्टीप्रति जागरण ल्याउन र पार्टीलाई सर्भिसिङ अभियान अन्तर्गत मिसन ग्रासरुट अभियान चलाइएको बताएका हुन् ।

एमाले ठूलो गाडी भएकाले धेरै यात्रु बोक्दा टुटफुट हुन सक्ने भएकाले मिसन ग्रासरुटलाई सर्भिसिङको रुपमा लिन पर्ने भट्टराईको भनाइ थियो ।

भट्टराईले राष्ट्रपति निर्वाचनका विषयमा पूर्वसहमति अनुसार नै अगाडि बढ्ने बताए । माओवादी केन्द्रसँगको पूर्वसहमति अनुरुप एमालेकै उम्मेदवार राष्ट्रपति हुने भट्टराई स्पष्ट पारे ।