
काठमाडौं, १० फागुन । ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा जलेर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
मंगलबार भेन्टिलेटरबाट हटाइएका भण्डारीलाई बुधबारबाट खाना खुवाउन थालिएका छ ।
मंगलबारसम्म पाइपबाट खाना खुवाइएकोमा भण्डारीलाई बुधबारबाट मुख बाटै खाना खुवाउन थालिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
भण्डारी अहिले दोहोरो कुराकानीसमेत गर्न थालेका छन् । भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया