
काठमाडौं, १० फागुन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् ।
सिंहले आज राजीनामा बुझाउने तयारी गरिरहेका बताइएको छ । उमेर ढाँटेर जागिर खाएको भन्दै उजुरी परेपछि सिंहले राजीनामा दिन लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए ।
उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।















प्रतिक्रिया