
काठमाडौं, १० फागुन । अमेरिकाबाट भारत आइरहेको एउटा जहाज स्विडेनमा आकस्मिक अवतरण भएको छ ।
न्युयोर्कबाट नयाँदिल्ली आइरहेको एयर इन्डियाको एआई १०६ जहाज स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको हो ।
जहाजको इन्जिनमा तेल लिक भएपछि बुधबार बिहान जहाजलाई आकस्मिक अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
जहाज सुरक्षित रुपमा अवतरण गर्न सफल भएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विमानस्थलमा सम्पूर्ण तयारी गरिएको थियो ।
जहाजमा तीनसय यात्रु सवार रहेका थिए ।















प्रतिक्रिया