
काठमाडौं, १० फागुन । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-२ स्थित गण्डक नहरमा दुई छोराहरुसहित हाम फालेकी २९ वर्षीया प्रतिमा थारुको शव भेटिएको छ ।
प्रतिमाले मंगलबार छोराहरु ९ वर्षीय कृष र ७ वर्षीय सुमितलाई सँगै लिएर नहरमा हाम फालेकी थिइन् । प्रतिमासँगै दुई छोराहरुको शव पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
हाम फालेको स्थानबाट एकसय मिटर तल शव फेला परेको हो । प्रतिमाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् ।
प्रतिमाले छोराहरुसहित किन आत्महत्या गरिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया