१ कार्तिक २०८३, आइतबार

माझी समुदायको लदी पर्व लक्षित ‘घाट पूजा’ गीत सार्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । माझी समुदायको प्रमुख लदी पर्व (कोशी पूजा)लाई लक्षित गरेर ‘घाट पूजा’ गीत सार्वजनिक गरिएको छ ।

ड्रिम सरगम युटुब च्यानलमार्फत सार्वजनिक गरिएको घाट पूजा गीतमा कलाकार गायक विवश माझी र सुमन्ता माझीको स्वर रहेको छ । विशाल माझीको गीतमा उनकै संगीत रहेको छ भने श्याम बागदासको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार विशेष पर्वको रुपमा लिएर लदी पर्व मनाउने गरेका छन् ।

माझी समुदायको मुख्य पेशा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदैँ आएको छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् ।

यस वर्ष लदी पर्व फागुनको तेस्रो साता मंगलबार फागुन १६ गते परेको छ । माझी समुदायले लदी पर्वको दिन खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् ।