१ कार्तिक २०८३, शनिबार

पर्साको सिङ्गे खोला बगरमै किशोरी बलात्कृत

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ९ फागुन । पर्साको ठोरी गाउँपालिकास्थित सिङ्गे खोला बगरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरी बलात्कारको अभियोगमा प्रहरीले जिल्लाको ठोरी गाउँपालिका–१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा लगेर बलात्कार गरेका थिए । पीडित किशोरीले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।