
काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठबीच भेटवार्ता भएको छ ।
ओलीसँग भेटवार्ताका लागि श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनकै विषयमा छलफल भएको बताइएको छ ।
पूर्वसहमति अनुसार नेकपा माओवादी केन्द्रले एमालेलाई राष्ट्रपति नदिने भएपछि एमालेले एकीकृत समाजवादी पार्टी लगायतसँग छलफल गरिरहेका छन् ।















प्रतिक्रिया