१ कार्तिक २०८३, शनिबार

खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा आज सम्पन्न दोस्रो महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

यसअघि महासंघको संयोजक रहेका बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य छ । महाधिवेशनले सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने र उक्त काम केही दिनभित्र सकिने बताइएको छ ।

आज अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको छ । टुङ्गिन बाँकी रहेका पदाधिकारी र अन्य पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रीय कमिटीको बैठकबाट टुङ्गो लगाइने भएको छ ।