२ कार्तिक २०८३, सोमबार

बहराइनका राजाबाट डाक्टर सन्दुक रुइतले पाए १४ करोड रुपैयाँ पुरस्कार

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बहराइनका राजा हमाद बिन इसा अल खालिफाबाट १४ करोडको पुरस्कार पाएका छन् । डा. रुइतले बहराइन सरकारले प्रदान गर्दै आएको प्रतिष्ठित इशा अवार्ड पाएका हुन् ।

मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ) को पुरस्कार तथा सम्मान डा. रुइतलाई प्रदान गरेका हुन् ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले न्यून शुल्कमा तथा आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क आँखाको उपचार गर्दै आएका छन् ।

इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।