१ कार्तिक २०८३, शनिबार

काठमाडौंको कारखाना चोकमा १७ वर्षीया किशोरी बलात्कृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । काठमाडौंको कारखाना चोकमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरी बलात्कारको आरोपमा धादिङ गंगाजमुना गाउँपालिका–९ का ३४ वर्षीय सुरज अधिकारीलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित होटेलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

पीडित किशोरी त्यससम्बन्धी उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।