१ कार्तिक २०८३, आइतबार

गायक सोनु निगमलाई कसले हान्यो मुक्का ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । भारतीय गायक तथा अभिनेता सोनु निगममाथि मुक्का प्रहार भएको छ ।

मुम्बईको चेम्बूरमा साङ्गीतिक फेस्टिभलमा सहभागी भएका निगममाथि मुक्का प्रहार भएको हो । कार्यक्रम सकिएपछि फर्किरहेका बेला प्रशंसकको टोलीले सोनुसँग सेल्फी लिन नपाएपछि मुक्का प्रहार गरेका हुन् ।

सेल्फी लिन नपाएर आक्रोशित बनेका व्यक्तिले सुरक्षाकर्मीलाई पनि धक्का दिएर लडाएका र आफूलाई पनि मुक्का लागेको सोनुले बताएका छन् ।

‘कन्सर्ट पछि म स्टेजबाट बाहिरिइरहेको थिएँ त्यति बेला स्वप्निल प्रकाश नामका व्यक्तिले मलाई समाते । ती व्यक्तिले हरि र रब्बानीलाई पनि धक्का दिए जसले मलाई जोगाउन आएका थिए । म सिँढीमा लडेँ । मैले यसबारे उजुरी दर्ता गरेको छु ताकि मानिसहरूले जबरजस्ती सेल्फी खिच्ने र हातपात नगर्नेबारे सोच्न सकुन्,’ सोनुले भने ।