२ कार्तिक २०८३, सोमबार

मुम्बईमा उपचाररत काँग्रेस सांसद भण्डारीले गरे दोहोरो कुराकानी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

उनी खतरामुक्त रहेका उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारीले दोहोरो कुराकानी गरेका छन् ।

मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अपडेटबारे जानकारी दिदैं चिकित्सकले मण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको र अन्य स्वास्थ्य पारामिटर पनि सामान्य रहेको जानकारी दिएका छन् ।