२ कार्तिक २०८३, सोमबार

टिचिङ पुगेर अध्यक्ष ओलीले दिए पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठलाई श्रद्धाञ्जली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओली, लगायतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

दम रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए ।

उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।