
काठमाडौं, ९ फागुन । टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ ।
सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युड र लगत्तै ३ मिनेटपछि ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको र सयौं घाइते भएको बीबीसीले जनाएको छ ।
भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबारको नयाँ भूकम्पले ध्वस्त भएका छन् । एजेन्सी















प्रतिक्रिया