
काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कै अडानलाई निरन्तरता दिएको छ ।
आज बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा हुनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
बैठकले अन्तिम निर्णय गर्ने अधिकार भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रवक्ता महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमतिमा राष्ट्रपतिको नाम टुंगो लाग्ने सम्भावना रहेको बताए ।
बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारेमा पदाधिकारीहरुलाई ब्रिफिङसमेत गरेका थिए ।















प्रतिक्रिया