१ कार्तिक २०८३, शनिबार

कृषि विकास बैंकका नवनियुक्त सिइओ गुरुङले सम्हाले कार्यभार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । गत शनिबार नियुक्त भएका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले आज सोमबार पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त सिइओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सिइओ छनोट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

तत्कालीन सिइओ अनिल उपाध्यायको कार्यकाल पुस १० गतेदेखि सकिए पनि शनिबार मात्रै नयाँ सिइओ नियुक्त गरिएको थियो ।