१ कार्तिक २०८३, शनिबार

प्रभावकारी ऐन कानून निर्माणमा संसदको ध्यान केन्द्रित हुने छ : सभामुख घिमिरे (भिडिओ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रीत हुने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताएका हुन् ।

संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउनका लािग प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायि नहुने छुट नरहेको धारणा व्यक्त गरे ।

उनले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समितिमात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा व्यक्त गरे । विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरु दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरुप्रति सरकार जवाफदेही हुने परिपाटी सृजना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।